नियम ३१
बिरामी बिदा
(१) प्रहरी कर्मचारीले प्रत्येक वर्ष बाह्र दिन बिरामी बिदा पाउनेछ ।
(२) पाच दिनभन्दा बढी अवधिको बिरामी बिदा माग गर्ने प्रहरी कर्मचारीले स्वीकृत चिकित्सकको प्रमाणपत्र पेश गर्नु पर्नेछ ।
तर यस्तो प्रमाणपत्र पेश गर्न सम्भव छैन भन्ने बिदा दिने अधिकारीलाई विश्वास भएमा निजले सो व्यहोरा जनाई प्रमाणपत्र बिना नै बिदा स्वीकृत गर्न सक्नेछ ।
(३) कुनै ठूलो वा कडा रोग लागी उपचार गर्न सञ्चित घर बिदा र बिरामी बिदाबाट नपुग्ने भएमा स्वीकृत चिकित्सकको प्रमाणपत्र पेश गरी त्यस्तो प्रहरी कर्मचारीले पछि पाउने घर बिदा वा बिरामी बिदाबाट कट्टा हुने गरी पैंतालीस दिनसम्म थप बिरामी बिदा पेश्कीको रुपमा लिन सक्नेछ । त्यसरी पेश्की बिदा लिई बसेको प्रहरी कर्मचारीले पूरा तलब पाउनेछ ।
(४) निलम्बनमा रहेको प्रहरी कर्मचारीले सो अवधिभरको बिरामी बिदा पाउने छैन ।